भोकले जनता मरेभने प्रधानमन्त्रीलाई ह’त्कडी लगाउनु पर्छ : मेयर द्धारिकलाल चौधरी

काठमाडौं, २२ वैशाख । बेला बेला चर्चामा आईरहने इटहरीका मेयर द्धारिकलाल चौधरी फेरि चर्चामा आएका छन । ह’त्कडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको छ ।

उनले चर्की चर्की हत्कडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ, ह’त्कडी आपूर्ती मन्त्रीलाई लगानु पर्ने संविधानले त्यो वेवस्था गरेको छ भनेका छन ।

खान नपाएर जनता समस्यामा परेको भन्दै यो पञ्चायको जनता हैन, बौदलकालको पनि जनता हैन यो संघिय गणतान्त्रिको जनता हो । लकडाउन गरे पनि जनतालाई खान दिनु पर्ने उनको भनाई थियो । खान नपाएर सर्वसाधरणहरुलाई समस्या हुन नदिन अहिले लाग्नुपर्ने उनको आसय छ ।

संघिय सरकारबाट आएको खर्चबाट गर भनेर स्थानीय सरकारलाई भने विकासको बजेट मात्र भएको गुनासो गरे । प्रदेश सरकार र संघिय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको उनको गुनासो थियो । अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुदा क्वारेन्टाइनमा राखेकाहरुलाई आवश्यक स्वास्थ्य परिक्षणको गर्न समस्या भएको बताए ।

सुनसरीमा चामल,दालको समस्या नभएको बताए । विपतको बेला सबैले सहयोग गर्नु पर्ने बताए । आवश्यक खाद्यन्न आफु जवानी बसेर लिएको उनको भनाई थियो । केहि समय अगाडी उनले इटहरीमा ६ महिना खाने खाद्यन्न भएको र इटहरीको जनता भोकले न’मर्ने बताएका थिए ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति May 4, 2020