सिन्धुपाल्चाेक, बैशाख २४ : थुक लगाउँदै तास फिटेर खेल्दा कोरोना संक्रमण फैलिने भन्दै सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले त्यसो नगर्न भनेको छ।
गाउँपालिकाले मंगलबार एक सूचना नै जारी गरी थुक लगाउँदै तास नफिट्न आग्रह गरेको हो।
हात जिब्रोमा लगेर थुक लगाएर तास फिटिँदा त्यसबाट कोरोना संक्रमण हुनसक्ने वडा कार्यालयको सूचनामा उल्लेख छ। गाउँपालिकाको वडा नम्बर १ अन्तर्गतका सबै टोलमा थुक लगाउँदै तास फिटेर जुवातास नखेल्न तथा नखेलाउन सूचना जारी गरिएको हो।
यदि तास खेलेको पाइएमा कारवाही गरिने जनाइएको छ। तासै खेलेर कोरोना संत्रमण भएको पाइएमा गृहमन्त्रालयको कानुनअनुसार कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ।
प्रकाशित मिति May 6, 2020