सिन्धुलीमा लकडाउन उल्लंघन गर्ने ५५ वटा सवारी साधन नियन्त्रणमा

सिन्धुली, बैशाख २६ ।  सिन्धुलीमा लकडाउन उल्लंघन गर्ने ५५ वटा सवारिसाधनलाई जिल्ला प्रहरि कार्यलय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको पूर्ण पालना गराउन सिन्धुलीको सुरक्षा निकायले जाँचलाई कडाई गरेसँगै आज मात्रै उक्त साधनहरु कारवाहीमा परेका हुन् । जिल्ला ट्राफिक कार्यलय सिन्धुलीका प्रमुख कृष्ण बहादुर क्षेत्रिका अनुसार लकडाउनको उल्लंघन गर्ने मटरसाइकल,स्कुटर,अटो र केहि टा्याक्टरहरु जस्ता सवारि साधन रहेका छन् । जसमध्ये अत्याबश्यक कामका लागि भनेर ढाटी निस्किएका १३ बटा सवारि साधनलाई भने जरिवाना तिराएर छाडिदिएको उहाँले बताउनु भयो।

अन्य सवारि साधन भने जिल्ला प्रहरि कार्यलय सिन्धुलीको नियन्त्रणमा रहेका छन् । सिन्धुलीमाढी बजार लगायत ठाउँमा जनपद प्रहरी, शसस्त्र प्रहरी लगायतले सवारीसाधनको जाँचमा कडाइ गरिएको छ ।

आज सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डे, प्रहरी प्रमुख रन्जु सिग्देल, शसस्त्र प्रहरी प्रमुख सहितको टोलि आफैँ फिल्डमा उत्रेर लकडाउनको पालना गराउनु भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित धुराबजार, माढिबजार हुदैँ भिडभाड हुने मुख्य ठाउँहरुमा अनुगमनमा निस्किनु भएको थियो ।

अनावश्यक रूपमा सञ्चालन गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४५ औं दिन हो । गत चैत ११ देखि लागु गरिएको लकडाउन ४५ दिनसम्म आइपुग्दा नागरीकहरुको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति May 8, 2020
Loading...