रविलाई कांग्रेसको साथ, देउवाको दुत बनेर लामिछाने भेट्न नेता बडु चितवनमा

भदौ १, काठमाडौं, । पत्रकार रवि लामिछाने, युबराज कंडेल, अस्मिता कार्की यतिवेला चितवन प्रहरी हिरासतमा छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका पत्रकार लामिछानेको पक्ष र विपक्षमा जनता उर्लिरहेका छन् । दिनहु ठाउँठाउमा प्रदर्शन भईरहेका छन । जसका कारण चितवन असान्त बनिरहेको छ ।

तर, प्रमुख प्रति*पक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग भन्दै नेता दिलेन्द्र प्रसाद बडुलाई भेट्न पठाएका छन् । स्रोतकाअनुसार सभापति देउवाले लामिछानेको नाममा पत्र नै पठाएका थिए । खबर २४ लाई दैनिक डटकम लाई प्राप्त भएको जानकारीअनुसार देउवाले पठाएको पत्र नेता बडुले पत्रकार लामिछानेलाई प्रेषि*त गरेका थिए । पत्रमा लामिछानेलाई सहयोग गर्ने वचन*बद्धता रहेको श्रोतले जानकारी दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्म*हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरा*सतमा रहेका लामिछानेलाई नेता बडु*ले शनिबार भेट गरेका थिए । लामिछानेलाई भेट गरेर निस्किएका नेता बडुले पूर्वाग्रह नराखी घटनाको छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताएका थिए । बडुले चितवन प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई भेटेर घटनाको निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । यस्तै, भेटमा लामिछानेले निष्पक्ष छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएको पनि नेता बडुले उल्लेख गरेका छन ।

शुक्रवार अदालत पेश गरिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो ।

पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।शुक्रवार अदालत पेश गरिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको छ।

यससँगै रविका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि विरोध प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित मिति August 18, 2019
Loading...