हावाहुरीले जुनारको बोट जरैसंग लडाउदा सिन्धुलीका जुनार कृषक चिन्तित

सिन्धुली, बैशाख २६ । बिहिबार दिउसो आएको हावाहुरीले सिन्धुलीको जुनार, सुन्तला तथा फलफुलमा क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् ।

तिनकन्याको ३० जना भन्दा बढी किसानको जुनार सुन्तलाको बोटलाई बिहिबारको हावाहुरीले जरैसहित पल्टाएको छ ।
सिन्धुली जुनारको प्रख्यात जिल्ला भनेर चिनिन्छ । त्येसमा पनि सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ४ तिनकन्या जुनार पकेट क्षेत्र मानिन्छ । तिनकन्याको जुनार किसानहरुले लगाएको जुनार सुन्तलाको बोटनै बिहिबार चलेको हावाहुरीले जरैसंग लडाएपछि थप चिन्तामा परेको हो ।


गोलन्जोर गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष वेग बहादुर गौदासेले आफ्नो बगैँचामा सात सय बोट जुनार लगाउनु भएको छ ।

यसपालि असिना पानि तथा हावाहुरीले गरेर जुनारमा करिव सात लाखको क्षेति पुगेको सुनाउनु हुन्छ ।
असिना पानिले बचेको जुनार बिहिबारको हावाहुरीले दाना दिन थालेको बोट जरै लडाउने, हाँगा च्या’त्ने, फल तथा पात झारे र क्षेती पुराएको बताउनु भयो ।

तिनकन्याकै अर्का किसान कबिता नेपालीको १६ /१७ वटा जुनारको बोट जरैसित लडाएको सुनाउनु हुन्छ । यसपालि असिना पानिले बचेको जुनार हावाहुरीले केहि पनि बाँकी राखेन । अघिल्लो बर्षहरुको तुलनामा यो साल जुनारको आम्दानी सुन्य जस्तै होला जस्तो छ उहा भन्नु हुन्छ ।

जुनार सुन्तलामा मात्र नभई किसानहरुले लगाएको लिचि तथा नास्पातीमा पनि क्षति पुराएको माझ कुविण्डेको अर्का किसान बिरबहादुर ठकुरीले बताउनु भयो । उहाले लगाउनु भएको जुनार सुन्तला लगाएत लिचि र नास्पातीको सबै बोट पल्टाएर हेरी नसक्नु पारेको बताउनु हुन्छ ।

हिजो चलेको हावाहुरीले तिनकन्याको किसानलाई मात्र नभई बासेस्वार, नाकाजोली, चपौली, नयाखर्क, खन्याखर्क लगाएतको किसानहरुको जुनार तथा फलफुलमा ठुुलो  क्षति पुर्याएकाे छ ।

प्रकाशित मिति May 8, 2020
Loading...