थप सात जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं, वैशाख २७ । पछिल्लो कोरोना परीक्षणमा सात जनामा कोराना पोजिटिभ पाइएको छ । जसअनुसार नेपालमा कुल संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केन्द्रीय प्रयोगशाला टेकु तथा कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई गरी तीन पुरुष तथा पर्सा छप्कैयाका ६२ वर्षका पुरुषमा संक्रमण पाइएकाे मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति May 9, 2020