काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई फेसबुकमा गाली गर्ने एकजना पक्राउ

भदौ १ , काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रमुख एसएसपी उत्तमराज सुवेदीविरुद्ध सामाजिक सन्जाल फेसबुकमा गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछाम मंगलसेनका रिदमा विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्रा*उ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्‍‍याई सकिएको छैन ।’ टेकुका डिएसपी का अनुसार यो के*समा धेरै जिल्लामा पक्राउको लागि पत्राचार गरिएको जानकारी दिएका छ्न र कतिपय भने बिदेशमा रहेको भन्ने जानकारी आएको छ उनले भने उनिहरुको निगरानी हुन्छ ।’

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई पक्रा*उ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले पक्राउ गरेर काठमाडौं पठाइसकेका छौं ।

अनु*सन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट भनेर काठमाडौं प्रहरी प्रमुखको फोटो सहित फेस*बुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् ।

विक*विरुद्ध विद्युतीय कारोबार ऐन*अनुसार कार*बाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । प्रक्राउ परेका तिनै जना अहिले चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन ।

प्रकाशित मिति August 18, 2019
Loading...