सिन्धुलीमा फेला पर्‍यो हजारको नक्कली नोट …

सिन्धुली, बैशाख २८ । सिन्धुलीको कमलामाई नगरपालिका-५ मधुटारमा एक हजारको नक्कली नोट फेला परेको छ । रायमाझी किराना स्टोर्समा आइतबार सो नोट फेला परेको हो ।

ख ५३–६५३८२१ नम्बर रहेको सो नोट नियालेर हेर्दा नक्कली भएको पत्ता लागेको पसल सञ्चालक इन्दिरा रायमाझीले बताइन् । ‘कारोबारका क्रममा कसले दियो थाहा भएन, मैले अर्को मान्छेलाई दिन खोज्दा पत्ता लागेको हो,’ उनले भनिन् ।
हजारको नक्कली नोट सक्कलीझैं आकार र रङ भए पनि त्यसमा टाँसिएको सुरक्षण धागो (टल्किने वस्तु) सादा छ । जबकि सक्कलीमा एनआरबी लेखिएको छैन । कामु गभर्नरमा हस्ताक्षर मिलेको छैन । ‘गभर्नर’ लेखिएको ठाउँ नक्कली सुरक्षण धागोले छोपिएको छ ।

सगरमाथाको फोटोसँगैको आकृति धूमिल छ भने पछाडिको भागमा अंग्रेजीबाट नेपाल राष्ट्र बैंक लेखिएको छैन । यो नक्कली नोट हेर्दा धेरै पुरानो जस्तो देखिन्छ ।

‘गहिरिएर हेर्दा सजिलै पत्ता लगाउन सकिने खालको नक्कली नोट बजारमा आए पनि हतारमा कारोबार गर्दा केही थाहा हुँदैन,’ कमलामाई-४ का केशव दाहालले भने, ‘सबैले होसियारी गर्नुपर्ने बेला आएको छ ।’

नक्कली नोट फेला परेको सूचना आएकाले अवैध कारोबारीको खोजी गरिने प्रहरीले जनाएको छ ।

तपाईंलाई यो खबर कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति May 10, 2020
Loading...