काठमाडौंमा जलाइयो मोदीको पुत्ला (तस्बिरहरु)

काठमाडौं, बैशाख २८। काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ।

जनता दरबार नामक संस्थाले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको हो।

 

‘नेपाल र भारत दुबै देशले उक्त क्षेत्र विवादित हो भनेर स्वीकारेका छन्। तर भारतले अहिले एकपक्षीय रूपमा बाटो बनाएको छ,’ जनता दरबारका संयोजक एसपी शाहले भने,‘त्यसको विरोधमा हामीले पुत्ला दहन गरेका हौं।’

तपाईंलाई यो खबर कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति May 10, 2020
Loading...