नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो, थप १३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, वैशाख २९। पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा ६ जना कपिलबस्तुका अर्का ६ जना रुपन्देहीका पुरुष र बर्दिया कि ११ वर्षिया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


संक्रमित पुष्टि भएकामा कपिलबस्तु यशोधारा गाउँपालिका ८ र बुद्दमूमि नगरपालिका ७ निवासी १५,१९,२३, ३०, ३२ र ४० वर्षीय ६ जना पुरुष रहेका छन् त्यस्तै रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी र्संस्कृतिक गाउँपालिका ६ निवासी २४,२६,२७, ३०, ३२ र ४० वर्षीय ६ जना पुरुष रहेका छन् । त्यस्तै अर्को बर्दिया राजपुर ५ निवासी ११ वर्षीया महिलामा संक्रमण देखिएको छ ।

उहाँहरुको टेकु स्थित राष्ट्रिय प्रयोगशालमा स्वाबको परीक्षण गरिएको र उहाँहरुको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ । उहाँहरू चिकित्सककाे सम्पर्कमा हुनुहुन्छ ।

प्रकाशित मिति May 11, 2020
Loading...