नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १९१ पुग्यो, थप ५७ जनामा सङ्क्रमण पुष्टि

३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

यो सङै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १९१ पुगेका छ ।

प्रकाशित मिति May 12, 2020
Loading...