काठमाडौं र भक्तपुरमा पनि देखियो कोरोना भाइरस, संक्रमीतको संख्या २१७ पुग्यो

काठमाडौं, बैशाख ३१ । पछिल्लो पटक कोरोना परीक्षणमा काठमाडौंमा एक महिला भक्तपुरमा एक महिला एक पुरुष सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो राती सम्ममा नेपालमा संक्रमित संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार पर्सामा ६ जना महिला, १२ पुरुष गरी १८ जना, महोत्तरीमा दुई पुरुष, धनुषा एक महिला एक पुरुष, सर्लाहीमा एक पुरुषमा संक्रमण पाइएको छ ।

काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र उहाँ सहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।

भक्तपुरमा फेला परेका संक्रमित भने हाल सालै तराइबाट काठमाडौ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिर अधिकारीले बताउनुभयो ।
तीनै जनाको स्वास्थ्य अबस्था समान्य रहेको छ ।

प्रकाशित मिति May 13, 2020
Loading...