रवि लामिछानेका कारण चितवनका होटल भरीभराउ, ब्यापार बढ्यो

भाद्र १, चितवन । टेलिभिजन प्रस्तोता रबी लामिछानेको समर्थकका कारण अहिले चितवनका भरतपुर र नारायणगढका होटलहरु भरिभराउ भएका छन । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा रबी लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेकै दिन चितवन पुर्याइेएका तिनै जनालाई शुक्रबार जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमती दियो । तेसै दिन देखी रबी लामिछनेका समर्थकहरु चितवन केन्द्रित हुन थाले । काठमान्डौ उपत्यका लगाएत देशको बिभिन्न ठाउहरु बाट लामिछाने समर्थकहरु शुक्रबार देखिनै जम्मा हुने क्रम जारी छ ।

सडक मार्ग बाट मात्र नभै समर्थकहरु हवाई मार्ग हुँदै चितवन ओर्लिरहेका छन । भरतपुरमा रहेको होटल असोकाका संचालक भन्छन – “हिजोदेखी रुमहरु खाली छैनन अझै पनि ग्राहकहरु आईरहेका छन, फर्काउनु परेको छ । भरतपुर आसपासका होटलहरु भरिएपछी ग्राहकहरु नारायणगढ तिर गैरहेका छन ।” रबी लामिछानेको पक्षमा अहिले चितवनमा दिनहु बिशाल प्रदर्शन भईरहेको छ । प्रक्राउ परेका तिनै जना अहिले चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन ।

सुरक्षा व्यवस्था झन कडा – एसपी मल्ल

चितवनको सुरक्षा व्यवस्था झन कडा पारेको चितवन प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आज (आइतवार) देखि सुरक्षा व्यवस्था थप कडा पारिने बताएका छन् । उनले भने,‘हामीले अहिलेसम्म धैर्यता गुमाएका छैनौ,धैर्यता गुमाउनुपर्ने अवस्था आयो भने कसैलाई छाड्दैनौं ।’ उनले २ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा रहेको र बाँकी सुरक्षा फोर्स पनि तयारी अवस्थामा राखेको बताए ।‘केही तत्वहरु घटनालाई थप उत्तेजित बनाउन खोजिरहेका छन्,उनले भने’,होटल पनि सर्च गर्छौ,संकास्पद लागे नियन्त्रणमा लिन्छौं ।’

प्रकाशित मिति August 18, 2019