सिन्धुलीको भिमानमा कोरोना संक्रमित बसेको घर सहित गाउनै सिल

सिन्धुली, बैशाख ३१ । कोरोना सक्रमित व्यक्ति सिन्धुलीमा आई बसेको जानकारी भए पछि सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्बर ९ भिमानमाको केहि घरहरु आज सिल गरीएको छ ।

सुनसरी घर भएको एक महिला काठ्माण्डौको एक स्वास्थ्य कार्यालयमा कार्यरत रहेको थियो । सोहि महिला सुनसरीबाट काठमाण्डौमा काम गर्न जाने क्रममा सिन्धुलीको भिमानमा आपन्तको घरमा खाना खान बसेको खुल्न आएपछि सो घर सिल गरीएको प्रहरी प्रमुख उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

सक्रमित महिला वडा नम्बर ९ भिमान निवासि उज्वल राउतको घरमा बसेर सोमबार काठमाण्डौ गएका थिए । काठमाण्डौ पुगेर काममा लाग्नु पुर्व ति महिलाको स्वाब परिक्षण गर्र्दा आज कोरोना पुष्टि भएको हो ।

भिमान बजारमा सक्रमित व्यक्तीसंग सम्पर्कमा रहेको सम्पुर्ण घरलाई सिल गरीएको छ । सोहि व्यक्तिले भिमानको एक कपडा पसलबाट कपडा खरिद गरीएको खुले संगै सोहि कपडा पसललाई पनि सिल गरीएको तथा सम्पर्कमा रहेको आफन्तहरुलाई पनि होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको नगर प्रमुख  खड्ग बहादुर खत्रिले बताउनु भयो ।

प्रकाशित मिति May 13, 2020