सिन्धुली, जेष्ठ १ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर दुईमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
बिहिबार दिउसो करिव एघार बजेको समयमा वडा नम्बर दुई निवासी सरोज नेपालीको श्रीमती सरीता नेपाली घर भन्दा करिव एक किलोमिटर नजिकको झगरे छागा भिरपाखामा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले पुष्ठि गरेको छ ।
प्रकाशित मिति May 14, 2020