थप ९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौं, जेठ २ । शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले थप ९ जना संक्रमित थपिएको पुष्टि गरेको हो।

संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एकजना छन्। पर्सामा देखिएका चारजनामध्ये दुईजना ९ र १० वर्षका बालक छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।

शुक्रबार बिहान मात्रै ९ जना संक्रमित थपिएका थिए। योसँगै एकैदिन १८ जना संक्रमित भेटिएका हुन्। जसमा बाँकेका ८ र मकवानपुरका एकजना हुन्।

प्रकाशित मिति May 15, 2020
Loading...