छ जना कोरोना संक्रमित थपिए, कुल दुई सय ७३ पुग्यो

काठमाडौं, जेठ ३। कोरोनाभाइरसका छ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७३ पुगेको छ।

बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ वर्षीय युवती र चितवन गढौली १ की २५ वर्षीया महिलामा कोरोनाभाइरस पुष्टि भएको हो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार संक्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमै छन्।

प्रकाशित मिति May 16, 2020
Loading...