काठमाडौं, जेठ ३ । धुलिखेल अस्पतालमा कोरोना भाइरस पोजेटिभ देखिएकी महिलाको मृ त्यु भएको छ ।
शुक्रबार धुलिखेल अस्पताल आएकी उनको उपचारको तयारी गर्दागर्दै मृ’त्यु भएको हो । मृतक सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी महिला हुन् । मृत्युपश्चात उनको कोरोना भाइरस परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
उनको आरडिटी पोजेटिभ देखिएपछि पुन परीक्षणका लागि टेकु ल्याइएको हो । त्यहाँ गरिएको रिपोर्टमा पनि पोजटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
एकसाता अघि उनी शिक्षण अस्पताल काठमाडौंमा सुत्केरी भएकी थिइन् ।
शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको थियो।
टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।