सुनकोसी नदिले बगाउँदा सुर्खेतका दुई युवा बेपत्ता

सिन्धुली, जेष्ठ ४ । सिन्धुलीमा सुनकोसी नदिले बगाउदा आईतबार सुर्खेतका दुईजना युवा बेपत्ता भएका छन ।

आज बिहान करिब एघार बजेको समयमा फिक्कल गाउपालिका ४ कुईभिर स्थित सुनकोसी नदिमा पौडि खेल्न गएको दुई युवालाई सुनकोसिले बगाएर बे’पत्ता बनाएको हो ।

सुर्खेत जिल्ला पंचकोटी नगरपालिका ७ घर भई हाल फिक्कल गाउँपालिका वडा नम्बर ४ मा रोजगारीको सिलशिलामा काठको मिस्त्रि काम गर्ने बर्ष १९ को दिनेश बुढा क्षेत्री र बर्ष २० को बिश्राघ जनक बुढा क्षेत्रीलाई सुनकोसिले बगाएर बेपक्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बे’पत्ता व्यक्तीको खोजि कार्यमा ११ जना प्रहरी खटिएको र उनीहरुको खोजि भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति May 17, 2020