प्रधानमन्त्री ओली, प्रचण्ड र देउबाको नाम लिँदै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने पक्राउ

भदौ २, २०७६

काठमाडौं : प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट पक्राउ परेका छन।

ती व्यक्तिले नाङ्गो खुकुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई नछाड्ने धम्की दिएका थिए। प्रहरीका अनुसार फेसबुक लाइभमा ती व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्दै मार्ने सम्मको धम्की दिएका थिए। फेसबुक लाइभका क्रममा उनले सबै नेतालाई काट्छु, मार्छु सिध्याउछु भन्दै खुकुरी देखाएर अपशब्दसमेत प्रयोग गरेकाले ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

महानगरिय प्रहरी परिसर काठमान्डौका अनुसार सामाजिक सञ्जालमा अप*शव्द प्रयोग गर्ने, अभ*द्र र अमर्या*दित टिप्पणी गर्ने, फोटो बिगारेर पोष्ट गर्ने अन्य धेरै जनालाई पक्राउ गर्न टोली खटाइएको जनाएको छ ।

र यो पनि

काठमाडौं प्रमुख एसएसपी उत्तमराज सुवेदीविरुद्ध सामाजिक सन्जाल फेसबुकमा गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछाम मंगलसेनका रिदमा विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्रा*उ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्‍‍याई सकिएको छैन ।’ टेकुका डिएसपी का अनुसार यो के*समा धेरै जिल्लामा पक्राउको लागि पत्राचार गरिएको जानकारी दिएका छ्न र कतिपय भने बिदेशमा रहेको भन्ने जानकारी आएको छ उनले भने उनिहरुको निगरानी हुन्छ ।’

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई पक्रा*उ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले पक्राउ गरेर काठमाडौं पठाइसकेका छौं ।

अनु*सन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट भनेर काठमाडौं प्रहरी प्रमुखको फोटो सहित फेस*बुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् ।

विक विरुद्ध विद्युतीय कारोबार ऐन*अनुसार कार*बाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । प्रक्राउ परेका तिनै जना अहिले चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन ।

प्रकाशित मिति August 19, 2019
Loading...