सिन्धुलीमा २० जनाको आरडीटी रिपोर्ट पोजिटिभ

सिन्धुली, जेठ ५ । सिन्धुलीमा कोरोना नभएको बारे जाँचगर्ने  र्यापिड डाइग्नोसिटक टेष्ट (आरडिटी) पद्द्तिबाट आज १५९ जनाको स्वास्थ्य परिक्षण  गरिएको छ । जसमा २० जनामा आरडिटि पोजेटिभ देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहका अनुसार जिल्लामा फ्रन्टलाइनमा रहेर कामगर्ने स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मिहरु, केहि जनप्रतिनिधि र  कर्मचारीहरुको आरडिटि जाँच गरिएको हो । आरडिटि पोजेटिभ आउनेहरुको पिसिआर रिपोर्ट आए पछी मात्रै कोरोना संक्रमण भए नभएको पुष्ठि हुने गरेको छ ।

यसैविच आज आरडिटि जाँचगर्दा पोजेटिभ देखाएका २० जनाको थ्रोट स्वाव संकलन गरि भोलि विहान प्रादेशिक अस्पताल हेटौडामा पठाइने सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो दुई महिला र दुई पुरुषको पनि पिसिर आज पद्धतिबाट परिक्षण गर्न स्वाव पठाईएकोमा रिर्पोट नेगेटिभ आएको  छ ।

प्रकाशित मिति May 18, 2020
Loading...