सिन्धुलीमा लकडाउन थप कडाइ : अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किनू !

सिन्धुली, जेष्ठ ६ । विश्वभर कोरोना भाईरस फैलीरहदा नेपालमा पनि दिन प्रति दिन कोरोना संक्रमणको संख्या बढ्ने क्रम जारी रहेको छ ।
नेपालमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले गएको चैत्र ११ गते देखि यहि जेष्ठ २० गते सम्म लकडाउन गरेको छ ।

लकडाउनको समयमा सिन्धुलीमा घर भाडामा बस्ने कुनै पनि व्यक्ति वा परिवारलाई भाडामा बसेको घरबाट निकाल्न नपाउने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

औँषधि उपचार, खाद्य बस्तु खरिद तथा अत्याबश्यक काम बाहेक जो कोहि घरबाट बाहिर ननिस्कन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका कुनै पनि प्रकारका सार्बजनिक वा यात्रुवाहक सवारी साधन संञ्चालन गर्न नपाईने,

स्वास्थ्य, सुरक्षा ,खाद्यबस्तु, खानेपानि, दुध, विद्युत, दुरसंञ्चार, सुचना तथा संञ्चार, भन्सार, क्वारेन्टाइन,फोहोर मैला ब्यबस्थापन, अति आबश्यक सेवा संग सम्बन्धित कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त पास लिई सेवा संञ्चालन गर्ने र संक्रममण रोग ऐन, २०२० अन्तरगत जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुराउने व्यक्तिलाई कानुन बंमोजिम सजाय हुने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे द्धारा हस्ताक्षरीत सुचनामा भनीएको छ ।

तपाईंलाई यो खबर कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति May 19, 2020