नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुग्यो, थप २५ जनामा संक्रमण पुष्टि

काठमाडौं, जेठ ७ । नेपालमा कोरोना संक्रमितको संख्या चार सय २७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलबस्तु, बाँके, धनकुटा र नवलपरासी जिल्लामा गरेर २५ जना संक्रमित आज थपिएका हुन ।

मन्त्रालयका अनुसार कपिलबस्तुमा १३ जना संक्रमित थपिएका छन । संक्रमितहरु कपिलबस्तुको बिजयनगरको क्वारेन्टिन र महाराजगञ्ज गाँउपालिकाका बासिन्दा छन ।

बाँकेको नरैनापुरका पाँँच र खजुराका एक पुरुषमा संक्रमण देखिएको छ । धनकुटा चार पुरुष र एक महिलामा र नवलपरासीको सुस्तामा एक पुरुषमा संक्रमण देखिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

आज थपिने संक्रमितहरु ३ देखि ४८ बर्ष उमेरका ७ महिला र १८ पुरुष छन् । मन्त्रालयका अनुसार हालसम्म देशभर ३५ हजार ४ सय ९४ जनाको पीसीआर र ७५ हजार ७२ जनाको आरडीटी बिधिवाट परीक्षण गरिएको छ । त्यस्तै २३ हजार २ सय २ जना क्वारेन्टिनमा रहेका छन ।

विभिन्न अस्पतालमा ३ सय ८० जनाको आइसोलेसनमा राखेर उपचार भैरहेको छ । कोरोना संक्रमितमध्ये ४५ जना निको भएर डिस्चार्ज भएका छन । दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति May 20, 2020
Loading...