सिन्धुलीमा ट्राफिक नियम उल्लघन गर्ने १७ हजार सवारी साधन कारबाहीमा, १ करोड संकलन

भाद्र ३,

सिन्धुली । जिल्लामा ट्राफिक नियम उल्लघन गर्ने सवारी बाट कारबाहीमा १ करोड २० लाख ४८ हजार रुपेयाँ संकलन भएको छ । १७ हजार ७ सय २२ सवारी साधनमाथिको कारबाहीबाट उल्लेखित रकम संकलन भएको हो ।

बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजर्माग र विभिन्न ग्रामीण क्षेत्रमा चल्ने नियम उल्घंन गरेका विभिन्न सवारी साधनमाथिको कारबाहीबाट उल्लेखित र*क*म संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्लाको दुधौली, डकाह,भिमान, नेपाल्थोक, झाँगाझोली रातमाटा, खुर्कोट, ग्वाल्टार, खाङसाङ्, खनियाखर्क, हरिहपुरगढी, कपिलाकोट,चक्मके लगायत स्थानबाट राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी
विष्णु बहादुर बस्नेतले जाकारी दिनुभयो ।

ट्राफिक प्रमुख प्रहरी बस्नेत अनुसार संकलित रकम अघिल्लो वर्षको तुलनामा बढी हो । सिन्धुलीमा आर्थिक वर्ष २०७१/७२ मा ५४ लाख २४ हजार ९ सय रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष ०७२/७३ मा ९३ लाख २७ हजार
६ सय आर्थिक वर्ष ०७३ /७४ मा १ करोड ११ लाख ६४ हजार ५ सय रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष ०७४ /७५ मा १ करोड ८ लाख ५४ हजार ५ सय रुपेयाँ संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

बिपी राजमार्गको सिन्धुली सडकखण्डमा ‘टाइमकार्ड’ लागू गरिएपछि दुर्घटना कम भएका प्रहरी नायव निरीक्षक बस्नेतको भनाइ छ ।

पछील्लो समय सवारी चेकजाँचमा समेत प्रहरीले कडाई गर्न थालेको छ । काठमाडौँबाट तराईका विभिन्न जिल्लामा पुग्ने छोटो दुरीको विपी राजमार्ग भएसँगै सवारी चाप समेत बढेको छ । सवारी चाप बढेसँगै ट्राफिक नियम उल्लघन गर्ने बढेकाले कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले बताए । “हामीले सवारीलाई डस्विनको प्रयोग देखि टाइमकार्ड लगायतका नियम लगाएका छौ, तर नियम मिच्ने बढेकाले कारवाही बढाइएको हो,” उनले भने ।

का’र’वा’ही पर्नेमा धेरै तिब्र गतिमा गुड्ने सवारी रहेको प्रहरीले जनाएको छ । हामीले टाइमकार्ड लगाई राजमार्गको विभिन्न खण्डअनुसार टाइम तोकेका छौ, सो टाइमभन्दा छिटो पुग्ने तथा स्पिड बढाउने सवारी बढी कारवाहीमा परेका हुन, पाण्डेले भने, “लाइसेन्स नभएका र मापसे गरेर सवारी चलाउने पनि उत्तिकै भेटिएको छ, तिनै सवारीलाई कारवाही गरि राजस्व संकलन गरेका हौ। ”

प्रकाशित मिति August 20, 2019