एकाबिहानै चट्याङ लागेर सिन्धुलीमा एकको मृत्यु

सिन्धुली, जेठ १४ । हावाहुरीसहित आज बुधबार विहान परेकाे चट्याङ्ग लागेर कमलामाइ रातमाटामा एकजनाकाे मृत्यु भएकाे छ । घर ढलान गर्ने क्रममा चट्याङ्ग लागी घाइते भएका कमलामाई नगरपालिका ४ देउरालीका करिव ४० वर्षीय बासु सापकाेटालाई अस्पताल लैजादै गर्दा मृत्यु भएकाे कनपा ६ का वडाअध्यक्ष उज्वल थापाले जानकारी दिनुभएको छ । सिन्धुुुली जिल्लाभर अहिले मेघगर्ज्नन सहित वर्षा भईरहेको छ ।

सिन्धुलीमा एक युवकको शब फेला

जिल्लामा एक युवाको मंगलबार श व फेला परेको छ । कमलामाइ नगरपालिका २ भद्रकाली घर भइ वडा नं ७ को वर्देउटारमा डेरामा बस्दै आएका २० वर्षीय कृष्ण विक श व फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक श्यामबहादुर केसीका अनुसार मंगलबार बिहान डेराबाट काममा जान्छु हिँडेका विकको एक किलोमिटर पूर्वमा चिरान काठ माथि श व फेला परेको हो । प्रहरी नायव उपरीक्षक केसीले घटनाको छानबिन सुरु भएको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति May 27, 2020
Loading...