रौतहटमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

रौतहट, जेठ १६ : रौतहटको इशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । इशनाथ नगरपालिकामा हिजो कोरोना पुष्टि भएकालाई अन्यत्र आइसोलेसनका लागी लग्न खोज्दा झडप भएको हो ।

इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा हिजो संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागी जिल्ला भित्रै अर्को स्थानमा रहेको आइसोलेसनमा लग्न चिकित्सक र सुरक्षाकर्मी पुग्दा सो स्थानमा वादविवादले उग्र रुप लिएको थियो ।

संक्रमितहरुलाई अन्यत्र नलगेर सोही नगरपालिका भित्र उपचार गराउनुपर्ने भन्दै स्थानीयले विरोध गरेका हुन् । झडप नियन्त्रणमा लिन प्रहरीले झण्डै १२ राउण्ड हवाई फायर गरेको छ । झडपमा प्रहरीको गाडीहरु समेत तोडफोड भएको छ ।

प्रकाशित मिति May 29, 2020
Loading...