सिन्धुली जिल्लामा यसबर्ष ५५ करोड बजेट बढयो, हेर्नुस् : कुन स्थानीय तहमा कती  (सुचीसहित)

सिन्धुली, जेठ १६ : सिन्धुली जिल्लामा गत बर्षको भन्दा यस आर्थिक बर्षमा संघीय सरकारले ५५ करोड बढी बजेट उपलब्ध गराएको छ । सरकारले यस बर्षको बजेटमा सिन्धुली जिल्लाको लागि ५५ करोड बजेट बृद्धि गरेको हो ।

गत बर्ष २०७६÷०७७ को लागि सिन्धुली जिल्लाको नौ वटा स्थानीय तहको लागि २ अर्ब ७२ करोड २६ लाखको बजेट उपलब्ध गराएको थियो । तर यस बर्ष ५५ करोड बृद्धि गर्दै ३ अर्ब २७ करोड ३७ लाख पुर्याएको छ ।

यस वर्ष कमलामाई नगरपालिकाले सबैभन्दा बढी ६४ करोड ३४ लाख र सबै भन्दा कम घ्याङलेख गाउँपालिकाले १९ करोड १७ लाख बजेट प्राप्त गरेको छ ।

सिन्धुलीका स्थानीय तहले आर्थिक वर्ष २०७७/०७८ मा प्राप्त गरेको बजेट –

कमलामाइ नगरपालिका ६४ कराेड ३४ लाख
दुधाैली नगरपालिका ५४ कराेड ५ लाख
तिनपाटन गाउँपालिका ४४ कराेड २० लाख
सुनकाेसी गाउँपालिका ३२ कराेड ९२ लाख
फिक्कल गाउँपालिका २७ कराेड ९५ लाख
मरिण गाउँपालिका २८ कराेड २६ लाख
हरिहरपुरगढी गाउँपालिका २७ कराेड ८६ लाख
घ्याङलेख गाउँपालिका १९ कराेड १७ लाख
गोलन्जोर गाउँपालिका २८ कराेड ६२ लाख

गतवर्ष सिन्धुलीका स्थानीय तहले संघीय सरकारबाट प्राप्त गरेको बजेट निम्न अनुसार थियो ।

कमलामाई नगरपालिका ५५१२ लाख
दुधौली नगरपालिका ४७७४ लाख
गोलन्जोर गाउँपालिका २४५३ लाख
घ्याङलेख गाउँपालीका १६४२ लाख
तीनपाटन गाँउपालिका ३५३३ लाख
फिक्कल गाउँपालिका २२४९ लाख
मरिण गाउपालीका २३४१लाख
सुनकोसी गाउपालीका २५१६लाख
हरिहरपुरगढी गाउँपालिका २२४२लाख

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? तल कमेन्ट बक्समा प्रतिक्रिया लेख्नुहोला, मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति May 29, 2020
Loading...