झाक्रीको प्रभावमा श्रीमतीले आफुलाई लड्डु मात्रै दिएको भन्दै सम्बन्ध बिच्छेद !

एजेन्सी, श्रीमानले ‘तांत्रिक’झाक्रीको प्रभावमा परेकी आफ्नी श्रीमतीले आफुलाई केवल ‘लड्डू’ खान मात्र दिएको भन्दै सम्बन्ध विच्छेद गर्न खोजेको घटना सार्वजनिक भएको छ ।

उक्त व्यक्ति पारिवारिक अदालत पुगेका थिए जहाँ उनले भनेका थिए कि ‘तांत्रिक’ को निर्देशनमा श्रीमतीले बिहान चार लड्डू र बेलुका चार साँझ खान दिए, बीचमा केहि पनि खान दिइएन।ती दम्पतीको विवाह भएको १० बर्ष भइसकेको छ र तीन सन्तानहरू छन्।

उक्त व्यक्तिले भने कि उनी केही समयदेखि बिरामी परेका थिए र उनकी श्रीमती ‘तांत्रिक’ नजिक पुगे जसले उनका पतिलाई केवल लड्डू मात्र खान लगाउन भने।

परामर्श केन्द्रका अधिकारीहरू सम्बन्ध विच्छेदको गर्ने एस्तो कारण सुनेपछी अलमल्ल परेका थिए।”हामी दम्पतीलाई परामर्श दिन सक्छौं, तर हामी महिलालाई अन्धविश्वासी भएकोमा उपचार गर्न सक्दैनौं। उनको दृढ विश्वास छ कि लड्डूले उनको पतिलाई निको पार्छ र अन्यथा स्वीकार्न गर्न उनी तयार छैन,” एक सल्लाहकारले भने। यो घटना भारतको उत्तर प्रदेशको मेरठ जिल्लामा घटेको हो ।

प्रकाशित मिति August 20, 2019