नेपालमा थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

काठमाडौं, जेठ २०। पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।

नेपालमा संक्रमित संख्या दुईहजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४५ जना डिस्चार्ज भएका छन् । यो सँगै कुल २६६ डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा एकलाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा एकहजार ८२५ रहेका छन् ।

प्रकाशित मिति June 2, 2020