सिन्धुली, जेठ २३ । सिन्धुलीमा थप दुईजनामा कोरोना संक्रमण देखिएको सिन्धुली जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद कुमार पोख्रेलले जानकारी दिनुभएको छ ।
कमलामाई नगरपालिका ११ का २३ वर्षिया र तिनपाटन गाउँपालिकाको २५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको उहाँले पुष्ठि गर्नुभएको छ । उहाँले सामाजिक विकास मन्त्रालय हेटौंडाबाट उक्त जानकारी पाएको जानकारी दिनुभएको छ।
यस बारे जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुली, र प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले भने अझैसम्म आधिकारिक जानकारी आइनसकेको जानकारी दिनुभएको छ ।
यसअघि सिन्धुलीको कमलामाई नगरपालिका १४ स्थित चन्दनपुर मावि क्वारेन्टीनमा बस्दै आएका २३ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्ठि भएको थियो ।
प्रकाशित मिति June 5, 2020