अबको डेढ वर्ष भित्र कपिलाकोटमा १५ शैय्याको अस्पताल तयार हुने

भाद्र ३ मरिण, सिन्धुली । अबको डेढ बर्ष भित्रमा सिन्धुलीको मरिण गाउँपालिकामा १५ शैय्याको कपिलाकोट प्राथमिक अस्पताल बन्ने निश्चित भएको छ । आज मरिण गाउपालिकामा एक कार्यक्रमका बिच प्रदेशसभा सदस्य बसन्त माझी, गा.पा. अध्यक्ष पानीराज बम्जन, उपाध्यक्ष संगिता माझी र व्यवस्थापन अध्यक्ष कुर्साङ लामा लगाएतको उपस्थितीमा मरिण गाउपालिका र ठेकेदार कम्पनी बिच अबको ५०८ दिनमा निर्माणकार्य सम्पन्न हुनेगरी सम्झौता भएको छ।

उक्त निर्माण कार्यका लागि नेपाल सरकार र मरिण गाउपालिकाको संयुक्त लागत रहने बताइएको छ। अस्पताल तस्बिरमा देखिएकै मोडेलमा तयार हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघमा सिन्धुलीको मरिण गाउँपालिका रहेको कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्र सहित देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २ सय १२ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको थियो ।

मन्त्रालयले संसदीय निवार्चन क्षेत्रका आधारमा स्थापना गरिएका प्राथमिक स्वास्थ्य केन्द्रमध्ये अस्पताल नरहेका, सम्बन्धित स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका र नरहेका स्थानीय तहमध्येबाट प्राथमिक अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट अस्पतालमा स्तरोन्नति लागि सिफारिस आएका स्वास्थ्य चौकीलाई १५ शैय्याको   अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

तस्बिर – मधु लाखे / मरिण

प्रकाशित मिति August 20, 2019
Loading...