म्यानमारबाट २६ नेपाली स्वदेश फर्किए, सेनाले यसरी लादैछ क्वारेन्टाइन स्थलसम्म (तस्बिरहरु)

काठमाडौँ, जेठ २३ । म्यानमारमा अ लपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन र अन्तर्राष्ट्रिय उडानमा प्र’तिबन्ध लगाएसँगै म्यानमारमा अ लपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका हुन् ।

शुक्रबार बिहान उनीहरुलाई म्यानमारबाट म्यानमार एयर फोर्सको विमानले काठमाडौंसम्म ल्याइदिएको हो ।

म्यानमारबाट फर्किएकामध्ये वाग्मती प्रदेशका १७ जना, गण्डकी र प्रदेश एकका चार चार जना र प्रदेशका ५ का एक जना रहेका छन् । उनीहरुलाई बसुन्धरास्थि यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको नेपाली प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । विमानस्थलमा उनीहरुको स्वास्थ्यजाँच गरेर सेनाले होल्डिङ सेन्टरसम्म गाडीमा ल्याएको थियो ।

उक्त विमानमा काठमाडौंमा अलपत्र परेका म्यानमारका ५३ जना नागरिकलाई फिर्ता लगिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

तपाईंलाई यो खबर पढेर कस्तो महसुस भयो ? तल कमेन्ट बक्समा प्रतिक्रिया लेख्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति June 5, 2020