दु:खद खबर : रुपन्देहीमा ५ जनाको विभत्स ह’त्या

काठमाडौं, जेठ २७ । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको ह त्या भएको छ।

कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको ह त्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिएका छन् ।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको ह त्या गरि फरार भएको थापाले जानकारी दिए।

मृतकहरु को को हुन् भन्ने खुलेको छैन।

‘गोठमा काम गर्ने पाँच जनाको ह त्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा छ, अहिले विहान वि भ त्स दृश्य देखेपछि मंगलापुर प्रहरी चौकीलाई खबर गरिएको छ र प्रहरी घटनास्थलतर्फ आउँदै छ’, थापाले भने।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीले प्रहरी अहिले घटनास्थल जाँदै गरेको बताएका छन्।

‘विस्तृत घटनास्थल पुगेर भनौंला, पाँचजनाको ह त्या भएको खबर पाएपछि हामी घटनास्थल जादै छौं’ उनले भने।

स्रोत – सेतोपाटी

प्रकाशित मिति June 9, 2020
Loading...