काठमाडौंमा कारले स्कुटरलाई ठक्कर दिदा २७ वर्षीय युवतीको मृत्यु

काठमाडौं, जेठ २७ । काठमाडौँ महानगरपालिका ३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जडिबुटीस्थित सडकमा प्रदेश ३, ०१,२२ च ८७१० नम्बरको कारले प्रदेश ३,०२,००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका ७ काँडाघारीकी २७ वर्षीया युवती सुप्रभा लुईंटेलको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा ग’म्भीर घाइते भएकी उनको आज बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृ’त्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसमा आ गजनी

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका १० कपन नजिक पार्किङ गरी राखेको बा २ ख ६२२६ नम्बरको बसमा आज अपरिचित व्यक्तिले आगजनी गरेका छन् । आगलागीबाट बसमा करिब रु एक लाख ५० हजार मूल्य बराबरको धनमाल ज लेर नष्ट भएको छ ।

अपरिचित व्यक्तिले उक्त बसमा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति June 9, 2020
Loading...