सिन्धुलीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सिन्धुली, जेष्ठ २७ । सिन्धुलीमा भएको छुट्टा छुट्टै दुर्घट्ना हुदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार साँझ पाच बजेको समयमा सिन्धुलीबाट खाद्यानन लिएर ना २ च ९३६६ नम्बरको बुलेरो उकालोमा लोड नताने पछि ओट लगाउने क्रममा ब्रेक फेल हुदा घ्याङलेख गाउपालीका वडा नम्बर १ निवासि बर्ष २६ का बलराम बम्जन घाइते भएका थिए ।

घाइते बम्जनको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गाडि चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिई सकेको जनाईएको छ ।

त्येस्तै हिजोनै हरिहरपुरगढी गाउँपालिकामा मिक्चर ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटर साईकलमा सवार एक जनाको ज्यान गएको छ ।

हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ माग्रेढुङ्गा स्थित मदन भण्डारी राजमार्गमा भलखडा बाट कपिलाकोट तर्फ आउदै गरेको ना. १ क १८०५ नम्बरको मिक्चर ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश ३ ०२ ०१० प २३७२ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकलमा सवार वडा नम्बर ३ निवासि बर्ष ६० को सन्तराम राईको उपचारको लागि सिन्धुली अस्पतालमा ल्याएपनि अस्पतालमको डाक्डरले मृत्यु भईसकेको जनाएको थियो ।

मोटरसाईकल चालक हरिहरपुरगढी गाउपालिका वडा नम्बर ३ निवासि बर्ष ३० को बिकाश बिक ग म्भिर घाईते भई उपचारको लागि धुलीखेलमा लगिए पनि त्येहा बाटपनि रिफर भई काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकोे छ । ट्रक चालक भने फरार रहेको छ ।

प्रकाशित मिति June 9, 2020