थप २५० जनामा कोरोना संक्रमण पुष्ठि, सङ्क्रमितको कुल सङ्ख्या ४ हजार ६१४ पुग्याे

काठमाडौं, जेठ २९ गते । नेपालमा कोरोना भाइरसबाट थप  २५०  सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।
त्यसैगरी, आज थप १८७  डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको ८६१ सङ्ख्या पुगेको छ ।

प्रकाशित मिति June 11, 2020