काठमाडाैँ, असार १ । पछिल्लो २४ घण्टामा नेपालमा ४५१ जना नयाँ सङ्क्रमित थपिएका छन् । पुरूष ४१६ र महिला ३५ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार २११ पुगेको छ ।
साेमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साे कुराकाे जानकारी दिनुभएको हो ।
प्रकाशित मिति June 15, 2020