नेपालमा थपिए एकैपटक ६७१ कोरोना संक्रमित

काठमाडौं, असार ४ : नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन् । निकाे भएकाे ११८६ पुगेकाे छ । यस्तै २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ। याेसँगै कोरोना बाट मृत्यु हुनेको संख्या २२ पुगेकाे छ भने नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७८४८ पुगेको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति June 18, 2020