लुकिछिपी आउनेले बढाए काठमाडौंमा जोखिम

काठमाडौँ, असार ५ । प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लु’किछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।

उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका दुई, ललितपुरका एक र भक्तपुरका तीन जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँमा फेलापरेका सङ्क्रमितमा कपन बालुवाखानीका ४५ वर्षका पुरुष र तीनकुनेकी ३४ वर्षकी महिला हुन् ।

उनीहरू केही दिनअघि काठमाडौँ भित्रिएका हुन् । आफन्तको सल्लाहमा कोरोना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो ।
त्यस्तै भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका १६ का २२ वर्षका पुरुषमध्ये कोही बाहिरबाटै आएको जनाइएको छ । ललितपुरमा फेलापरेका सङ्क्रमितका बारेमा भने जानकारी लिने कार्य भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।

उपत्यकामा देखिएका छ सङ्क्रमितमध्ये चार जनालाई उपचार गर्न पाटन अस्पताल र दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको छ । उपत्यकामा बाहिरबाट आएका व्यक्तिमा धमाधम कोरोना देखिन थालेपछि थप सतर्क हुन द बाब परेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बाहिरबाट आउने व्यक्तिका लागि क्वारेन्टाइन व्यवस्थाको जिम्मेवारी स्थानीय तहलाई तोकिएको बताउनुहुन्छ । काठमाडौँ उपत्यका प्रवेश गर्न घरधनीदेखि वडा हुदै पालिका सम्मको सिफारिस अनिवार्य छ तर लुुकिछिपी र शक्तिको आड लिएर आउनेलाई ती नियमले छुन नसकेको कतिपय सम्बन्धित अधिकारी बताउँछन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवन श्रेष्ठ प्रहरीले रोके पनि ठूलाबडाले फोन गरेर आउन सिफारिस गर्नाले काठमाडौँमा कोरोना सङ्क्रमणको जो खिम बढ्दै गएको बताउनुहुन्छ ।
काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिर जाने सवारी साधनको सङ्ख्या दैनिक १० हजारभन्दा बढी रहेको छ । तीमध्ये एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान आवश्यक सिफारिस लिएका धेरै कम छन् । गृह मन्त्रालयबाट जारी ईपास बोकेर आउनेको सङ्ख्या पनि त्यत्तिकै छ । जसका कारण कोरोना सङ्क्रमण फैलिने जो खिम उ’च्च रहेको सम्बन्धित अधिकारी नै बताउँछन् ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल आफ्नो घर टोल तथा वडामा को आयो आएन भन्ने कुराको सूचना सङ्कलन गर्ने जिम्मेवारी वडा कार्यालयलाई दिएको बताउनुहुन्छ ।

श्रोत – Gorkhapatra

प्रकाशित मिति June 19, 2020