हातेमालो समुह आबुधाबीले नारीहरुको महान चाड हरितालिका तीज भब्य रुपमा मनायो

आबुधाबी । युएईको राजधानी आबुधाबिमा कृयाशिल सामाजिक संस्था हातेमालो समुह आबुधाबीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजना गरिएको हातेमालो समुहको दोस्रो प्रस्तुति “हातेमालो तिज धमाका २०१९” कार्यक्रम  शुक्रबार २३ अगस्ट २०१९ का दिनमा आबुधाबीको मुसाफा स्थित मलियाली समाज सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ ।

प्रवासमा रहेर पनि आफ्नो कला सस्कृती र परम्परालाई जगेर्ना हिसाबले आयोजना गरिएको नारी विशेष तीज कार्यक्रममा यसपटक भने प्रवासमा बसेर कलाकारिता क्षेत्रलाई माया गर्ने नेपाली कलाकार हरुलाई स्थान दिईएको थियो । स्थानिय कलाकारहरुको पनि प्रस्तुति निकै राम्रो थियो, वहाहरुले अब नेपाल देखि कलाकारहरु लिएर आउनु पर्दैन भन्ने कुरा वहाँहरुको प्रस्तुती र दर्शकहरुको प्रतिकृयाले पनि प्रमाणित गर्नुभएको छ हातेमालो समूहका अध्यक्ष प्रविन निरौलाले भन्नुभयो ।

कलाकारहरुलाई सधाझै यसपाली हातेमालो समुहले सम्मान स्वरुप मायाको चिनो,गिफ्ट तथा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्र्ममा उपस्थिति हुनु भएका सम्पूर्ण महानुभावहरुलाई हातेमालोले दरको व्यवस्था पनि गरिएको थियो । कार्यक्रम भोला श्रेष्ठ संयोजकमा सम्पन्न भएको थियो भने रोजगारीको सिलसीलामा युएईमा रहनुहुने महिला दिदिबहिनीहरुको उल्लेख्य सहभागीता रहेको थियो।

प्रकाशित मिति August 25, 2019