थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २७४ पुग्यो

काठमाडौं, असार ५ । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति June 19, 2020
Loading...