वैदेशिक रोजगारी खुला गर्ने निर्णय : बिदामा आएका र विद्यार्थी पनि जान पाउने

काठमाडौँ, असार ५ । सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । सरकारले बिदामा आएका वा वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको कोभिड १९ सं’कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै विदेश पढ्न जाने विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । वैदेशिक रोजगारीमा जानेलाई श्रम मन्त्रलायले अनुमति दिनेछ ।

सीसीएमसीको बैठकले कूटनीतिक नियोगमा काम गरेर फर्केका र बाहिर जानु पर्नेलाई पनि जानदिने निर्णय गरेको छ ।

रोजगार दाता कम्पनी र रोजगारी गरिरहेको देशले खर्च नबेहोरेका र आफ्नै खर्चमा फर्किन नसक्ने नेपालीलाई ल्याउने गाइड लाइन पनि बनाउने तयारी सरकारले थालेको छ । यसको जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ । विदेशबाट ल्याइएका श व व्यवस्थापनको गाइडलाइन तयार पार्ने जिम्मा पनि श्रम मन्त्रालयलाई दिइएको छ ।

प्रकाशित मिति June 19, 2020
Loading...