रोगसँग लड्ने मनोबलको कुरामा प्रधानमन्त्री ओलिसंग सिक्नुपर्छ : सापकोटा

काठमाडौं, असार ६ । रास्ट्रीय युवासंघका अध्यक्ष रामप्रसाद सापकोटाले रोगसंग लड्ने मनोबलको कुरामा प्रधानमन्त्री केपी शर्मा ओलिसंग सिक्नुपर्ने बताएका छन् । आज सामाजिक संजालमा आफ्नो विचार राख्दै उनले कोरोनाको घरेलु उपचारका बारेमा भनिएका कुराहरूमा प्रधानमन्त्रीलाई उडाइनु गलत भएको बताएका छन् ।

उनले भनेका छन् – ” प्रधानमन्त्रीले अदुवा, बेसार तातोपानिको प्रंशग हाम्रो चलनचल्तिको र प्रमाणित तथ्य भनेका हुन् । खासगरी, रुघाखोकी, घाँटीको समस्यामा हाम्रो पुर्खादेखि प्रयोग गर्दै आईरहेका छौं । रोगसँग लड्ने मनोबलको कुरामा केपी शर्मा ओलीसँग सिक्दा केही फरक पर्दैन ।

अदुवा, बेसार र तातोपानिले कोरोना चट हुन्छ कि हुँदैन थाहा छैन तर सहयोगी हुन सक्छ । यसर्थ प्रधानमन्त्रीलाई धेरै उडाईरहन परेन ।

तर हामीले सोच्नुपर्छ कि सहयोगी तथ्यहरु पनि मानिसहरुले पत्याउन छोड्नु भनेको सामान्य मनोविज्ञान होइन । अविश्वास हो । अविश्वासको औषधी चै केहीपनि हुँदैन ।”

 

तपाईंलाई यो खबर कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति June 20, 2020
Loading...