सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-५ सोल्पाठानामा जिल्लाकै नमूना वडा कार्यालय निर्माण भएको छ । गाउँपालिका बाट आर्थिक बर्ष २०७४/०७५ मा विनियोजित ४० लाख र २०७५/७६ मा विनियोजित ३५ लाख गरि जम्मा ७५ लाखको लागतमा निर्माण कार्य सम्पन्न गरी शुक्रबार एक कार्यक्रमका बिच सि*न्धु*ली प्रतिनिधि सभा क्षेत्र न १ का सांसद गणेश कुमार पहाडीले उक्त वडा कार्यालयको उदघाटन गर्नु भएको हो ।
स्थानीय निर्वाचन सकिएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका ७९ वटा वडा मध्ये पहिलो बाल मैत्री, अपांग मैत्री, सुबिधा सम्पन्न वडा कार्यालय निर्माण गर्न जिल्लाको अति विकट गाउपालिकाको रुपमा रहेको फिक्कल गाउँपालिका-५ सोल्पाठाना सफल भएको छ । सिन्धुलीको कतिपय गाउँपालिका भाडाको घरमा बसिरहेको अवस्थामा सिन्धुलीको फिक्कल गाउपालिले आफ्नै जग्गा खरिदगरी गाउपालिकाको कार्य संचालन गरेको छ भने ५ न वडा कार्यलय सिन्धुली जिल्ला कै नमूना वडा कार्यालय निर्माण गरेको छ । ४ तला रहेको भवनमा सभाहल , पाहुना कक्ष लगाएको सुबिधा सहितको भवन निर्माण गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै पहाडीले केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार जनताप्रति जबफदेही भएर बिकासका गतिविधिहरु संचालन गरि रहेको बताए । उनले नबनिर्मित सुन्दर भवनबाट जनताले सुन्दर सेवा पनि पाउनेमा बिश्वास ब्यक्त गरे ।सांसदको बिकास समिीतीको सदस्य समेत रहु भएका पहाडीले वडा कार्यलय बाट नागरिकको सेवा सुबिधा दिन कुनै कन्चुस्याइ नगर्न आग्रह गरे साथै प्रदेश सरकार केन्द्रिय सरकारको स सर्त र निसर्त अनुदान लाई ध्यान राखेर स्थानिय सरकार लाई योजना निर्माण गर्न समेत आग्रह गर्नुभयो ।
सिन्धुली जिल्लाका दुइ गाउँपालिका फिक्कल र घ्याङगलेख गाउपालीकामा हालसम्म पनि बि’द्यु’त सेवा नभएकाले बत्तिमुनिको अध्याँरो रहेको र तीन बर्ष भित्र केन्द्रिय बिद्युत सेवा बिस्तार गरि अँ*ध्या*रो मुक्त सिन्धुली बनाउने बताउनु भएको छ ।
साथै उद्घाटन कार्यक्रममा प्रदेश सांसद प्रदिप कटुवाल, जिल्ला समन्वय समितिका सभापति शंकरराज बर्मा, फिक्कल गाउपालिका अध्यक्ष धन बहादुर कार्की, ने*क*पा फिक्कल गाउपालिका अध्यक्ष रामप्रसाद भण्डारी, नेपाली काङ्ग्रेस फिक्कल गाउँपालिका का सचिव घनश्याम पहाडी, फिक्कल गाउँ*पालिकाका अन्य वडाका वडा अध्यक्षहरु लगाएतले शुभ*कामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति August 25, 2019