पाल्पा, असार ९ : पाल्पाको तानसेन नगरपालिका ११ बन्दीपोखरास्थित सम्मोबारीमा गएको पहिरोमा पु’रिएर मृ त्यु भएका तीनै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा पाल्पाकै रिब्दीकोट गाउँपालिका २, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका २९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका ८, होक्सेबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेका छन् ।
सोमबार गएको पहिरोले पानी बोक्ने ट्याङकर गाडी पुर्दा उनीहरुको मृत्यु भएको हो । पहिराले गाडी पु रिदा दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मिसन अस्पतालमा मृ’त्यु भएको हो ।
सम्मोबारीमा झण्डै दुई सय मिटर पहिरो खसेको छ । पहिरोले सडकमा रोकिएको पानी ट्याङकरसँगै ट्रक, जीप र कार पनि पुरेको थियो । प्रहरीले पहिरो पन्छाएपछि आज बिहानैदेखि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ ।