इटालीका विशेषज्ञ चिकित्सकको ठहर : कोरोनाभाइरस भ्याक्सिनबिनै मर्न सक्छ

एजेन्सी : इटालीका संक्रामक रोग विशेषज्ञ चिकित्सकहरुले पछिल्ला दिन कोरोनाभाइरस कमजोर बन्दै गएको र भ्याक्सिनबिना नै मर्न सक्ने बताएका छन् । उनीहरुले कोरोनाभाइरस ‘बाघबाट जंगली बिरालो’ भएको उल्लेख गरेका छन् ।

इटालीको पोलीक्लिनीको सान मार्टिनो अस्पतालका संक्रामक रोग क्लिनिक प्रमुख प्रध्यापक म्याटियो बास्सेतीको भनाई उद्धृत गर्दै बेलायती पत्रिका द टेलिग्राफले लेखेको छ, “कोभिड १९ ले आफ्नो गम्भीरता वा क्षति गराउने क्षमता गुमाइरहेको छ र पहिले संक्रमितहरु मृ त्यु हुने दर धेरै थियो, अहिले निको भइरहेका छन्।”

गएको हप्ताको बिहीबार त्यहाँका स्वास्थ्य सचिवले फर्मास्युटिक कम्पनीसँग कोरोनाभाइरस विरुद्धको सम्भावित खोप निर्माणका लागि सम्झौता गरेको बताएपछि संक्रामक रोग विशेषज्ञ प्राध्यापक बास्सेतीको उक्त भनाइ सार्वजनिक भएको हो । सघन उपचारका विशेषज्ञहरुले कोरोनाभाइरसको संक्रमण फेरि नबल्झिने र कमजोर हुँदै जाने भएकाले यो भाइरस विरुद्धको खोप आवश्यकता नपर्न सक्ने बताएका छन्।

उनका अनुसार अहिले कोरोनाभाइरसको चरित्र परिवर्तन भइरहेको छ । “गएको मार्च र अप्रिल महीनाको शुरुवाती दिनमा उपचार गर्न आउने संक्रमितको अवस्था विल्कुलै फरक थियो,” उनी भन्छन्, “त्यति वेला संक्रमितहरु आकस्मिक विभागमा व्यवस्थापन गर्न नसक्ने गरी स्वास्थ्य समस्या लिएर आउँथे र उनीहरुलाई अक्सिजन र भेन्टिलेटर आवश्यकता पर्थ्याे।”

अहिले विगत चार हप्तादेखि अवस्था बदलिएको छ । भाइरसमा आएको आनुवंशिक परिवर्तनका कारण मानिसको श्वासप्रश्वासमा भाइरसको भार कम परेको हुनसक्ने उनी बताउँछन्।

अहिले इटालीमा कोरोनाबाट संक्रमित ८० वा ९० वर्षका बिरामी अस्पतालको बेडमा कुनै कृत्रिम सहयोग विना श्वास फेरिरहेका छन्। तर केही समयअघि यही उमेर समूहका संक्रमितहरुको मृ’त्यु भएको थियो।

भाइरसमा आएको आनुवंशिक परिवर्तनका कारण यो कमजोर बन्दै गएको विषय वैज्ञानिक अनुसन्धानबाट पुष्टि हुन भने बाँकी छ। इटालीमा कोरोनाभाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सकहरुले विगत महीनाको तुलनामा अहिले भारइस संक्रमितहरुको स्वास्थ्य अवस्था हेरेर यस्तो बताएका हुन्।

-द टेलिग्राफबाट

प्रकाशित मिति June 23, 2020