एमसीसी लगाएत सातवटा मुख्य कार्यसूची तयगर्दै सकियो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं, असार १० । नेपाल कम्युनिष्ट पार्टी नेकपाकोे पाँचौ स्थायी कमिटिको आजको बैठकले सातवटा मुख्य कार्यसूची तय गरेको छ ।

कार्यसूचीमा अ‍ेमेरिकी सहयोगसँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, कोरोना लगायतका विषयलाई समेट्ने निर्णय गरेको पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकले अन्य कार्यसूचीमा बैठकको शुरुमा नै पार्टीका अध्यक्ष द्वयले विचार राख्ने, कोरोना संक्रमण नियन्त्रण तथा उपचार, सीमा समस्या, सरकारको कामको समीक्षा, पार्टीको कामको समीक्षा, पार्टी एकीकरणको बाँकी संगठनिक एकीकरण लगायतका विषय, र एमसीसी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै विविध विषयमा रुकुमको सोती घटना, हाल संसदमा राज्य व्यबस्था समितिले पारित गरेको नागरिकता विधेयक, कोभिड १९ को रोकथामका लागि कर्मचारीले कुनै भत्ता नलिने विषयमा गरेको निर्णय सँगै संघीय सांसदहरुले सोही अनुसार गर्न सकिन्छ कि भन्ने विषयमा आफ्नो पार्टी र अन्य दलहरुसँग छलफल गर्ने जस्ता कुरालाई समेटिएको उहाँले जानकारी दिनुभयो ।

साथै बैठकमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र समग्र परिस्थितिबा बारेमा सकारात्मक र कमजोर पाटाहरु राखौं र सकारात्मक सन्देश दिने गरी स्वस्थ आलोचनात्मक र जिम्मेवारी पूर्वक विचार राख्न आग्रह गर्नु भएको बताउनुभयो ।

साथै अर्का पार्टी अध्यक्ष प्रचण्डले समग्र पार्टी, देशको परिस्थिति सबै कुरालाई विचार गरेर पार्टीले पूरा गर्नु पर्ने जिम्मेवारी बारे सकारात्मक विचार राख्न र आफ्ना कमी कमजोरी जो जसबाट भएको छ उसले जिम्मेवारी लियौं भन्नुभयो ।
त्यस्तै अर्को बैठक असार १२ गते बस्ने तय भएको छ ।

बैठकले स्वीकृत गरेका ७ एजेन्डा :

१.वर्तमान परिस्थिति र स्थायी कमिटीकाे बैठकका सम्बन्धमा अध्यक्षद्वयकाे संबाेधन ।
२.काेभिड १९ काे नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा ।
३. नेपालकाे सीमा समस्या र समाधान सम्बन्धमा ।
४. सरकारकाे कामकाे समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामकाे समीक्षा र सांगठानिक एकतकाे बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६.एममसीसीका सम्बन्धमा ।
७.विविध ।
क.रूकुम घटना
ख.नागरिकता विधेयक र
ग. संघीय संसदका सदस्यहरूकाे भत्ता ।

तस्बिर / प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति June 24, 2020
Loading...