रातो मछिन्द्रनाथको रथ बनाउन शुरु

यलु जोशी
काठमाडौं, असार १०। कोरोना भाइरस संक्रमण तथा बनदाबन्दीको कारण रोकिएको पाटनको रातो मछिन्द्रनाथको रथ निर्माण बुधवारदेखि सुरु भएको छ ।

बन्दाबन्दीको अन्त्य र महामारीको परिस्थिति हेरेर रथ निर्माण गर्ने र जात्रा संचालन गर्ने जनाएको थियो । तर यसअघि पनि जात्राका क्रममा गरिनुपर्ने सबै संस्कारहरु भने गरिँदै आएको थियो ।
रथ निर्माण नभएको कारण पाटनको तःबहामा रहेको मन्दिरबाट मूर्तिलाई निकालेर त्यहीकै फल्चामा राखिएको थियो । तःबहास्थित मन्दिरबाट बुंगद्यःलाई बैशाख १२ गते पुल्चोकमा पुर्याएर राखिनुपर्ने थियो । त्यसपछि रथयात्रा सुरु हुनेे गरेेको थियो ।

दुई महिनायतादेखि बुंगद्यः रहेकै स्थानमा बस्दै आउनुभएको पानेजु (पूजारी) पूर्णराज शाक्य ढिला भएपनि रथयात्रा हुने विश्वास ब्यक्त गर्दे भन्नुभयो, आज देखि रथ निर्माण सुरु भएको छ अव रथयात्रा हुन्छ ।

उहाँका अनुसार ढिलै भए पनि यो जात्रा हुन्छ । हालसम्म जस्तो परिस्थितिमा पनि रथयात्रा रोकिएको छैन । ६ महिना ढिला भएपनि जात्रा गर्नुपर्छ । बैशाखमा जात्रा गर्नुपर्ने जात्रा ६ महिनापछि जात्रा गरेको पनि इतिहास छ ।

तस्बिरहरु/ पहिलोपोस्ट, सामाजिक संजाल

प्रकाशित मिति June 24, 2020