सिन्धुलीमा १३ करोड लगानीमा रंगशाला बन्दै नेता गजुरेलले गरे शिलान्यास

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ५ कालिमाटीमा सिन्धुली रंगशालाको शनिबार शिलान्यास गरिएको छ । सिन्धुली क्षेत्र नम्बर १ का संघिय सांसद तथा पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले रंगशालाको शिलान्यास गर्नु भएको हो ।

३ नम्बर प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ लागतमा सुविधासम्पन्न रंगशाला निर्माण हुने भएको हो । एक सय मिटर लम्बाई र ६० मिटर चौडाईको खेल मैदान निर्माण हुने र एकै पटकमा १५ जय जनाले प्रत्यक्ष अवलोकन गर्न सकिने रंगशालाकाे क्षमता रहने सार्वजनिक निर्माण कार्यान्वयन ईकाई धुलिखेलका प्रमुख पूर्ण बहादुर दर्जीले बताए । उनका अनुसार ५ वर्षमा यो योजना सम्पन्न हुने छ । पार्किङ, चेन्जिङ रुम, शौचालय, खेल’मैदान, अफिसियल रुम, मिटिङ हला लगाएतको सुविधा सहितको रंगशाला निर्माण हुने भएको उनले बताए ।

रंगशाला शिलान्यासपछि सांसद गजुरेलले रंगशालाले जिल्लाको विकास हुने बताउनु भएकाे छ । रंगशाला निर्माणले स्थानीयको जीवनस्तर माथि उठ्ने र युवा शक्तिले खेलका माध्यमबाट आफू र राष्ट्रलाई चिनाउन सक्ने भएकाले गुणस्तरीयता कायम राख्दै समयमा नै निर्माण कार्य सक्न निर्माण व्यवसायिलाई आग्रह गर्नुभयो ।

विकास निर्माणका कार्यमा स्थानीयलाई चनाखो हुन र आवश्यक सहयोग गर्न गजुरेलले आग्रह गर्नुभयो । देशमा भ्रष्टाचार बढ्दै जानुमा कर्मचारी भन्दा पनि नेता र जनप्रतिनिधि बढी दोषी भएको भन्दै जनप्रतिनिधिले आफ्नो आम्दानी र खर्च विवरण पारदर्शी बनाउनुपर्नेमा उहाँको जोड थियो ।

६ महिनाभीत्र पर्खाल लगाउने, माटो कटिङ तथा फिलिङ गरि रंगशाला निर्माण गर्न तामाङ म’रि’ण कन्ट्रक्सनसँग सम्झौता भईसकेको सार्वजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेलका प्रमुख पुर्णबहादुर दर्जीले जानकारी दिनुभएको छ ।

दुधौलीमा क्षेत्रीय रंगशाला बन्दै :

सिन्धुलीको दुधौलीमा पनि प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयले क्षत्रीय रंगशाला बनाउन सुरु गर्ने भएको छ । डिपिआर तयार भई उक्त रंगशालाको काम पनि भदौ १० गतेदेखि सुरु हुने सार्वजनिक निर्माण कार्यान्वयन ईकाई धुलिखेलका प्रमुख दर्जीले बताए ।

उक्त रंगशाला पनि एक हजार ५ सय जनाको क्षमताकै रहने छ । २४ रोपनी ३ आना जग्गाको क्षेत्रफलमा दुधौली नगरपालिका वडा नं. ९ को दुधौली बजारमा उक्त रंगशाला बनाईदै छ । ६ करोड ९४ लाख ९२ हजार ४७४ हजार रुपैंया लागतमा उक्त रंगशाला निर्माण हुन थालेको हो । करीव ३ वर्षमा निर्माण सम्पन्न हुने उक्त रंगशाला निर्माणको जिम्मा ए.एम÷पाइनस जेवीले पाएको छ । उक्त रंगशालाको प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन) ले गर्नेछन । जसका लागि गतवर्ष २ करोड ५० लाख र यो वर्ष १ करोड रकम विनियोजन भईसकेको छ ।

प्रकाशित मिति August 25, 2019