थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमीत संख्या १११६२

काठमाडौं, असार ११ । बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति June 25, 2020
Loading...